१२ मंसिर २०८१, बुधबार

माओवादीले एमसीसी टेबल हुन नदिन कार्यव्यवस्था परामर्श समितिमै अवरोध गर्ने

प्रकाशित मिति :  20 February, 2022 12:20 pm


काठमाडौं ।  नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधी सभामा टेबल हुन नदिन कार्यव्यवस्था परामर्श समितिको बैठकमा रोक्ने प्रयास गर्ने भएको छ ।

अहिले सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वर स्थित शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

आजको संसद बैठकको लागि समितिले तयार पार्ने कार्यसुचिमा एमसीसी प्रस्ताव टेबल हुन नदिन रोक्ने प्रयास गर्ने माओवादीका एक नेताले बताए  ।

एमसीसी संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी आज संसदमा पेश गर्ने सहमति भएको हो ।



प्रतिक्रिया दिनुहोस !