४ आश्विन २०८१, शुक्रबार

पुतलीबजार नगरपालिकाले बाख्रा पकेट क्षेत्र बनाउने

प्रकाशित मिति :  20 February, 2022 12:34 pm


स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले कृषकहरूलाई बोयर जातका बोका वितरण गरेको छ । नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोग र सुर्योदय क्लब स्याङ्गजाको व्यस्थापनमा बोका  वितरण गरिएको हो ।

कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल अन्तर्गत वडा नं ५, ६, ७ र ८ मा १/१ वटाका दरले ४ वटा बोयर जातका बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ।

यी वडालाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले परियोजनाकै रूपमा बाख्रा तथा बोका वितरण गरिएको सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताए ।

उनको अनुसार अघिल्लो र यस बर्ष गरि दुई सय ओटा माउ बाख्रा निशुल्क वितरण गरिएको थियो । त्यस परियोजनामा किसानले दुई सय ओटा बाख्रा थप गरेर चार सय माउ बाख्रा बनाएका छन् । अघिल्लो वर्षका ४ र यस बर्षका ४ गरि ८ वटा बोयर बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !