१२ मंसिर २०८१, बुधबार

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्याङ्जाका ८ कैदीबन्दीको सजय मिनाह

प्रकाशित मिति :  20 February, 2022 12:36 pm


स्याङ्जा कारागारबाट ८ कैदीबन्दीको सजाय मिनाहा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरिका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिने कार्यअन्तर्गत स्याङ्जा कारागारका ८ कैदीबन्दीको सजाय मिनाहा भएको छन् ।

स्याङ्जा कारागारका प्रमुख चुडामणि भण्डारीका अनुसार सजाय मिनाहा भएका ८ कैदीबन्दी आज रिहा भएर आ(आफ्नो घर फर्किसकेका छन् । सजाय मिनाहा भएका सबै स्याङ्जा जिल्ला भित्रैका कैदीबन्दी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !