४ आश्विन २०८१, शुक्रबार

नगरपालिकाले गर्‍यो अनुदानमा सय ओटा हाते ट्रयाक्टर वितरण

प्रकाशित मिति :  20 February, 2022 1:04 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले ३७ कृषकहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ।

नगर प्रमुख छायाराम खनालले ट्रयाक्टर वितरण गर्दै कम खर्चमा छिटोछरितो र सहजरूपमा काम हुने भएकाले अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको बताए ।

कृषिमा हुने लागत घटाउन, उत्पादन वृद्धि गर्न र आधुनिक तरिकाको खेती प्रणाली विकास गर्न खेती गर्न हाते ट्रयाक्टर वितरण गरिएको खनालने बताए ।

यो वर्ष ९ ओटा वडाका किसानलाई १०० वटा हाते ट्रयाक्टर वितरण गरेको कृषि संयोजक एवं नगर प्रवक्ता दीपेन्द्र केसीले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !