१२ मंसिर २०८१, बुधबार

प्रदर्शनकारीले तोडे निषेधित क्षेत्र, बानेश्वरको अवस्था तनावग्रस्त

प्रकाशित मिति :  20 February, 2022 2:20 pm


काठमाडौं । नयाँबानेश्वर स्थित संसद भवन अगाडी प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका छन् । संसद भवनमा एमसीसी टेबल गर्न अगाडि बढाइदै गर्दा बाहिर भने त्यसको विरोमा प्रदर्शन भइरहेको छ ।

संसद भवनअघि माओवादी केन्द्र, एकीकृत समाजावदी लगायतका भ्रातृ संगठनले विरोध जनाइरहेका छन् ।

आक्रोशित प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गर्दै पानीको फोहोरा र लाठीचार्जसमेत गरिएको छ ।

अहिले बानेश्वरको अवस्था तनावग्रस्त रहेको छ । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण बनेको हो ।

नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ ।



प्रतिक्रिया दिनुहोस !