१४ माघ २०८१, सोमबार

लामो विवादपछि एमसीसी प्रतिनिधि सभामा पेश,सत्तारुढ गठबन्धन दलकै विरोध

प्रकाशित मिति :  20 February, 2022 2:19 pm


काठमाडौं । लामो विवादपछि एमसीसी प्रतिनिधि सभामा पेश भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि प्रतिनिधि सभामा पेश गरेका हुन् ।

एमसीसी टेबल हुँदै गर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा नेपालका सांसदले समेत नाराबाजी गरेका थिए ।

एमसीसी टेबल भएपछि प्रतिनिधि सभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ । फागुन १६ गतेसम्म एमसीसी पारित गरिसक्नुपर्ने दाबाव छ ।



प्रतिक्रिया दिनुहोस !