८ मंसिर २०८१, शनिबार

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

प्रकाशित मिति :  8 March, 2020 4:06 pm


मेलबोर्न, २५ फागुन । अस्ट्रेलियामा सम्पन्न सातौँ संस्करणको महिला टी ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा घरेलु टोली अष्ट्रेलियाले भारतलाई ८५ रनले हराउँदै उपाधि जितेको हो ।

मेलबोर्न क्रिकेट मैदान ९एमसिजी० मा भएको खेलमा अस्ट्रेलियाले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको भारतले १९।१ ओभरमा अलआउट हुँदै ९९ रन मात्र बनायो ।

भारतका लागि दीप्ती शर्माले ३३ रन बनाइन् भने बेदा कृष्णमूर्तिले १९ रन बनाइन् । यसैगरी स्मृति मन्धनाले ११ रन जोडिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । अस्ट्रेलियाका लागि एलिजा हिलीले ७५ रन बनाइन् भने मेग लानिङले १६ रन जोडिन् ।

बलिङमा भारतकी दिप्ती शर्माले दुई विकेट लिइन् भने पुनम यादवले एक विकेट लिइन् ।

महिला क्रिकेट विश्वकपको फाइनलमा पहिलो पटक पुगेको भारत विश्वकप जित्ने सपना पुरा हुन सकेन भने अस्ट्रेलियाले योसँगै पाँचौं पटक महिला विश्वकप उपाधि जितेको छ ।



प्रतिक्रिया दिनुहोस !