१४ माघ २०८१, सोमबार

संसद बैठकमा सहभागी भएर एमसीसीको विपक्षमा मतदान गर्छौं : नेतृ घर्ती

प्रकाशित मिति :  20 February, 2022 3:22 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ जयपुरी घर्तीले अमेरिकी सहयोग परियोजना(एमसीसी) को विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने बताएकी छन् ।

लामो समयको विवादपछि एमसीसी आज प्रतिनिधि सभामा पेश भएको छ । सरकारलाई फागुन १६ गतेसम्म एमसीसी पारित गर्नुपर्ने दाबाब छ भने संसद बैठक फागुन १२ गतेका लागि बोलाइएको छ ।

नेतृ घर्तीले आफ्नो पार्टीले विपक्षमा मतदात गर्ने स्पष्ट पारिन् ।

पारित हुनेदिन संसदमा अनुपस्थित भएर एमसीसी अनुमोदन हुन दिने तयारी भएको समाचार बाहिरिरहेका बेला घर्तीले भनिन्,“आज हामीले संसद बैठकमा उठेर विरोध जनायौं र बैठकमा सहभागि भएर विपक्षमा मतदान गर्छौ । यो राष्ट्रियताको विषय भएको भन्दै अनुपस्थित भएर पारित हुन दिने भन्ने हल्ला गलत भएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !