ओली फसाउन देउवाले टेबल गरे एमसीसी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फसाउन एमसीसी प्रतिनिधि सभामा टेबल गर्न लगाएको देखिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दर्ता गराएको एमसीसीको प्रस्तावलाई देउवाले प्रतिनिधि सभामा आइतबार टेबल गर्न लगाए ।
देउवा र ओली दुवै एमसीसीको सन्दर्भमा पहिलेदेखि सकारात्मक रहेका नेताहरूको रूपमा देखिएका हुन् । ओली नेतृत्वको सरकारले यसअघि नै एमसीसी प्रस्ताव दर्ता गराएबाट र देउवाले आफ्नै सरकार रहेका बेला एमसीसी सम्झौतामा हस्ताक्षर गर्न लगाएका थिए ।
देउवाले एमसीसी सदनमा टेबल गर्छु भनेकै थिए । ल्याए । देउवाले सित्तैमा आउने अनुदान पनि नलिने कुरोमा अड्को नथापौं माओवादी केन्द्रको महाधिवेशनमै बोलेका थिए ।
राजनीतिमा राजनीतिक एजेण्डका आधारमा गठबन्धन बन्ने र भत्किने हुन्छ । एमसीसी अमेरिकाले आफ्नो दीर्घकालीन रणनीतिका आधारमा ल्याएकोमा शंका छैन् ।
गएको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन बन्नुमा कतिपय कांगेसी नेताहरूले पार्टीको राजनीतिक कमजोरी भएको बताएका थिए । त्यतिखेर माओवादीलाई मिलाउन नसक्नु पार्टीले राजनीतिकरूपमा ठूलो गल्ती गरेका कांग्रेसी नेताहरू मध्ये एक परराष्ट्रमन्त्रा डा. नारायण खड्का पनि एक हुन् ।
परिणामतः एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले झण्डै दुई तिहाइको बहुमत पायो । तर त्यो दुई तिहाइ सरकारको नेतृत्व गर्ने एमाले नेता ओली प्रमुख प्रतिपक्ष दलको नेताको रूपमा रहेका छन् ।
ओलीले पार्टी मात्रै फुटाएनन् त्यतिखेरको जनादेश अनुसार सातै प्रदेश सरकारबाट टाढिने गरी चुनाव हारेको कांग्रेसलाई अहिले कतिपय प्रदेश सरकारमा सामेल हुने अवसर जुराइ दिए । आफू सच्चा बाँकी सब झूठा भन्ने थेगो लिएर देउवा नेतृत्वको सरकारलाई परमादेशी सरकार भनी आलोचना गरिरहन्छन् ।
देउवालाई साथ दिएका तर एमसीसीको विषयमा विरोध गरिरहेका राजनीतिक दलहरूले गठबन्धन एमसीसी टेबल गर्नलाई नबनाइएको तर्क गरिरहेका छन् । प्रतिगमन विरुद्धको गठबन्धन भनिरहेका छन् ।
ठिक त्यही विषयलाई उल्टो गरी वा सुल्टो गरी जे भने पनि एमसीसी टेबल गर्न हुँदैन भनी सर्त गरी देउवालाई समर्थन गरिएको थिएन भन्ने तर्क गर्नेहरू रहेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनको बैठकमा टेबल गर्न पाउने सहमति गरेर सदनमा विरोध गर्ने नीति लिएका छन् ।
यसले गठबन्धन कायम रहने गरी सहमति गरिएको देखिन्छ । एमसीसीलाई विरोध गर्नेहरू एकातिर देखिएका छन् । यस आधारमा एमसीसी पारित गराउन खोज्नेहरू एकातिर उभिने अवस्था देउवाले निर्माण गरेका छन् ।
देउवालाई एमसीसीको एजेण्डालाई ओलीको सहमतिमा पारित गराउने गरी छुट गठबन्धनका अन्य दलहरूले दिएको देखिन्छ । यसमा ओलीलाई फसाउन खोजिएको पनि देखिन्छ । राजनीतिमा जे पनि सम्भव हुन्छ । ओलीले विगतमा अमेरिकी प्रतिनिधिसँग गरेको प्रतिबद्धता पूरा गर्ने हुन वा अरु थोक गर्ने हुन त्यो पछि देखिने छ ।
सदनमा गठबन्धनको दलले विपक्षमा मतदान गरे देउवालाई तीस दिन भित्र विश्वासको मत लिनुपर्ने अवस्था आउने छ । ओलीले एमसीसीमा मतदान नगरे देउवाले उनलाई फगत राजनीतिक दाउपेच गर्ने खालको नेताको रूपमा परिभाषित गरी चुनावमा जाने बाटो बनाउँछन् ।
ओलीले एमसीसीमा मतदान गरे उनको राष्ट्रवादी छवि फगत देखावटी हो भनेर उनलाई जनतामा जान सहज नहुने देउवा निकट एक नेताको भनाइ रहेको छ ।
साथै ती नेताले देउवालाई सघाउने नेताको रूपमा ओलीको पहिचान बनेको छ । देउवाकै बेला महाकाली सन्धिमा ओलीले सघाएर सो सन्धि पारित गर्न लगाएका थिए ।
देउवाले सडकमा यत्रो विरोध प्रदर्शन र आफ्नै गठबन्धनको विरोधका बाबजुद एमसीसीलाई संसदमा टेबल गर्नुको पछाडि बाह्य दबाब भएपनि ओलीलाई राजनीतिकरूपमा उम्किन नदिन राजनीतिक उद्देश्य रहेको ती नेताको भनाइ छ ।
ओलीले देउवालाई अविश्वासको मत लगाएर पराजित गर्न खोजेको बेला फेरि गठबन्धन दलका नेताको टेको धेरै टाढा हुने छैन् । एमसीसीमा टाडिएको शक्तिले फेरि समर्थन दिन बेर लाग्दैन । उनले भने यो राजनीति हो । यहाँ कोही स्थायी मित्र वा स्थायी शत्रु हुँदैन् ।
उनले भने “अहिलेलाई सभामुखले फागुन १२ गते बोलाएको प्रतिनिधिसभाको बैठक कुरौं ।