१२ मंसिर २०८१, बुधबार

वालिङमा बहुक्षेत्रीय पोषण योजना सम्बन्धी कार्यक्रम सम्पन्र

प्रकाशित मिति :  21 February, 2022 11:49 am


स्याङ्जा । वालिङमा पोषण योजना सम्बन्धि कार्यक्रम सम्पन्र भएको छ । वालिङ नगरपालिकाको आयोजनामा बहुक्षेत्रिय पोषण योजना सम्बन्धि नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले गुणस्तरीय पोषणको अभावमा लाग्ने कुपोषणको न्युनिकरण गर्न सबै लाग्नुपर्ने कुरामा जोड दिनुका ,साथै उनले स्वास्थ्यको क्षेत्रलाई थप विस्तार गर्दै लैजाने र पोषण सम्बन्धि कार्यक्रमलाई निरन्तरता दिन नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।

कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य संस्थाका प्रमुखहरु, विषयगत शाखाका प्रमुखहरु तथा वालिङका १४ वटै वडाका सचिवहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन स्वास्थ्य शाखा प्रमुख कमल प्रसादले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !