टिकटकबाट कमाएको रकम अपाङ्गता भएको परिवारलाई हस्तान्तरण
स्याङ्जाको वालिङ ९ पिपलटारीस्थित लीला राउत क्षेत्रीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । अपाङ्गता भएको क्षेत्रीको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
टिकटकबाट कमाएको रकम स्याङ्जाको वालिङ ९ पिपलटारीस्थित लीला राउत क्षेत्रीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । मानव सहायता समूह काठमाडौंले रु। एकलाख १० हजार रकम हस्तान्तरण गरेको हो । समूहमार्फत देश तथा विदेशमा रहेका टिकटक प्रयोगकर्ता नेपालीहरुबाट सङ्कलन भएको उक्त रकम घरमै पुगेर हस्तान्तरण गरेको हो ।
मानव सहायता समूह नेपालमा आबद्ध तथा देश विदेशमा रहेका टिकटक प्रयोगकर्ताहरुले टिकटकको प्रयोग गरेबापत सङ्कलन भएको रकम अपाङ्गता भएको परिवारलाई हस्तान्तरण गरिएको समूहका अध्यक्ष टिकाप्रसाद तिमिल्सिनाले बताए ।
साथै अध्यक्ष तिमिल्सिनाले एउटै परिवारमा दुई जना दाजुभाई अपाङ्गता भएका कारण परिवारलाई आर्थिक समस्या भएको खबर सुनेसँगै ईच्छुकहरुसँग रकम सङ्कलन गरी परिवारलाई हस्तान्तरण गरेका बताए।
साथै उक्त वडाका कार्यवाहक वडाअध्यक्ष दिपक क्षेष्ठले यस प्रकारका कार्यहरुलाई निरन्तरता दिदैँ जान र घरमा आएर सहयोग रकम उपलब्ध गराएकोमा धन्यवाद प्रकट समेत गरेका थिए ।