१२ मंसिर २०८१, बुधबार

नेपालको उत्कृष्ट प्रदर्शन, ८० रनमै समेटियो क्यानडा

प्रकाशित मिति :  21 February, 2022 5:19 pm


काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडालाई १५ ओभरमा अलआउट गरेको छ । टस हारेर बलिङ गरेको नेपालले क्यानडालाई १५ ओभर ८० रनमै अलआउट गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा जारी खेलमा कप्तान सन्दीप लामिछानेले ३ र अविनाश बोहोरा र कमलसिंह ऐरीले २/२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

क्यानडाका लागि यता, डिलन हेलिगरले सर्वाधिक २४ रन बनाए। उनी २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै उनी अविजित रहे।
त्यस्तै कमलसिंह ऐरीले पाँचौं ओभरको तेस्रो बलमा लोकेश बमबाट क्याच गराए। क्यानडाका प्रमुख ब्याटर धालिवाल पेभेलिएन फर्किनु अगाडि उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यसयता लगातार ओभरमा विकेट झरिरह्यो । ४.३ ओभरमा ३५ रन बनाउँदा दोस्रो विकेट गुमाएको क्यानडाले १०.१ ओभरमा ४८ रन बनाउँदा नवौं विकेट गुमाएको थियो ।

यो खेलमा जित हासिल गरेको अवस्थामा नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । समूह ए बाट आयरल्याण्ड र युएई क्रमशः विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुगिसकेका छन् । समूह विजेता भएमा नेपालले फाइनल प्रवेशका लागि युएईसँग खेल्नुपर्नेछ ।
नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्दैछ ।



प्रतिक्रिया दिनुहोस !