४ आश्विन २०८१, शुक्रबार

वालिङ नगरपालिकामा एक हप्ते कुखुरा र बंगुर पालन तालिम शुरु

प्रकाशित मिति :  22 February, 2022 12:57 pm


स्याङ्जा । वालिङ नगरपालिकामा कुखुरा र बंगुर पालन सम्बन्धी एक हप्ते तालिम सुरु भएको छ । गरिबी निवारणका लागी सीप विकास तालिम अन्तर्गत नगरपालिकाले वडा नम्बर ११ मा तालिम सुरु गरेको हो ।

तालिममा वालिङ नगरउपप्रमुख कल्पना तिवारीले भनिन्, परम्परागत रुपमा गर्दै आएको कामहरुलाई थप परिमार्जन गरी व्यवसायिक रुपमा गर्न सकियो भने पारिवारिक आर्थिक स्तर माथि उकास्त मद्दत गर्छ ।

नगरपालिका हरेक समय नागरिकको हितको लागि काम गर्ने र तालिमलाई व्यवहारमा परिणत गरी उद्यमशीलतातर्फ उन्मुख भएमा आवश्यक सहयोग नगरपालिकाले गर्ने उनले बताइन् ।

 



प्रतिक्रिया दिनुहोस !