१२ मंसिर २०८१, बुधबार

एमसीसी विरुद्धका दुई रिट सर्वोच्चद्वारा दरपिठ

प्रकाशित मिति :  22 February, 2022 2:46 pm


काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चल दरपिठ गरेको छ । अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएका थिए ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालकाअनुसार यो विषय संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले यसलाई दरपीठ गरिदिएको हो ।

यसअघि पनि एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै अधिवक्ता भण्डारीलगायतको रिट दरपीठ भएको थियो ।

अदालतमा दर्ता हुन आएको मुद्दा दर्ता हुन नसक्ने भएमा कारण खुलाएर दर्ता हुन नसक्ने जानकारी सम्बन्धित पक्षलाई गराउने गरिन्छ, यसलाई नै दरपीठ भनिन्छ ।



प्रतिक्रिया दिनुहोस !