युएईमा मृत्यु भएका स्याङ्जाका प्रेम भण्डारीको परिवारलाई आर्थिक सहयोग
स्याङ्जा । वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु भएका प्रेम भण्डारीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । स्याङ्जा सहयोग समाज युएई र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले सहयोग रकम हस्तान्तरण गरेको हो ।
गल्याङ नगरपालिका – ७ सेन्थुम्का धराङ्दीमा रहेको पीडित घर–परिवारको घर पुगेर समाजको टोलिले दस लाख २४ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेको सहयोग रकम संकलनका सह संयोजक थमन रानाभाटले जानकारी दिए ।
स्याङ्जा सहयोग समाज युएईका निवर्तमान अध्यक्ष भण्डारीको अचानक मृत्यु भएकाले परिवारको लागि केही आर्थिक सहयोग हुने होस् भन्ने हेतुले समाजले यसो गरेको र दश लाख तीन हजार छ सय समाजले ,कृषि विकास बैंकमा दुई बर्षको लागि फिक्स डिपोजिट गर्दिएको र बाकी नगद हस्तान्तरण गरेको उनले बताए ।
रकम हस्तान्तरण गर्दै गल्याङ पालिका नगरउपप्रमुख देबि थापाले उक्त संस्थाले साच्चिकै पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिइन् ।
वैदेशिक रोजगारीका क्रममा लामो समय युएई बसेका भण्डारी विभिन्न सामाजिक संस्थाहरुमा सक्रिय थिए । भण्डारीका एक श्रीमती, दुई छोरी र दुई छोरा छन् ।