१२ मंसिर २०८१, बुधबार

नेप्से १७ अंकले बढेपनि खुम्चियो कारोबार रकम

प्रकाशित मिति :  22 February, 2022 3:50 pm


काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ । केहि दिनदेखि लगातार ओरालो लागेको बजारमा हिजो र आज भने हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १७.४२ अंकले बढेर २७३५.९३ अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ४.३६ अंकले बढेर ५२३.१५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये इन्भेष्टमेन्ट उपसमुह र उत्पादन उपसमुह बाहेक सबै समुहमा हरियाली छाएको छ ।

मंगलबार कारोबार रकमका आधारमा नेपाल दुरसंचार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २१ करोड ४९ लाख ६७ हजार ४ सय २१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा मैलुङखोला जलविद्युत् कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज नेप्सेमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् कम्पनीको सेयरमूल्य १.९६ प्रतिशतले घटेको छ ।

कुल २२८ कम्पनीको ६० लाख ८१ हजार ६ सय २ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८ सय २२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !