४ आश्विन २०८१, शुक्रबार

गल्याङ नगरपालिकाले २२ हजार बाख्रालाई पिपिआर विरुद्धको खोप लगाउने

प्रकाशित मिति :  22 February, 2022 5:03 pm


स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरपालिकाभरका बाख्रालाई पिपिआर विरुद्धको खोप लगाउने भएको छ । नगरपालिकाको ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गते सम्म सञ्चालन हुने नगरपालिकाका प्रशासकीय प्रमुख दामोदर शर्माले बताए।

बाख्रामा लाग्न सक्ने पिपिआर रोग महामारीको रुपमा फैलन सक्ने भन्दै गल्याङ नगरपालिकाले पहिले नै खोपको व्यवस्थापन गरेको उनले बताए ।

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बाख्रामा लाग्न सक्ने रोगको रोकथामका लागि निःशुल्क खोपको व्यवस्थापन गरिएको बताएका छन् ।

अधिकारीले व्यवसायिक रुपमा बाख्रापालन गर्नेको संख्या बढिरहेको भन्दै रोगको अग्रिम रोकथामका लागि नगरपालिका तयारी अवस्थामा रहेको बताए ।

नगरपालिकाले २२ हजार बाख्रामा खोप लगाउने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !