८ मंसिर २०८१, शनिबार

८ वर्षपछि टी-२० विश्वकप खेल्ने नेपालको सपना अधुरै

प्रकाशित मिति :  22 February, 2022 7:06 pm


काठमाडौं । ८ वर्षपछि टी-२० विश्वकप खेल्ने नेपालको सपना अधुरोमै समाप्त भएको छ ।

अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोटको निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएसँगै नेपालको सपना अधुरोमै समाप्त भएको हो।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार भएको खेलमा युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा हार व्यहोर्न पुग्यो।

पहिले ब्याटिङ गरेको युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउदै १ सय ७ रन रनमा समेटियो ।



प्रतिक्रिया दिनुहोस !