१२ मंसिर २०८१, बुधबार

वालिङमा रेविजसँग मिल्दो लक्षण देखियो, सर्तक रहन आग्रह

प्रकाशित मिति :  23 February, 2022 11:56 am


स्याङ्जा । वालिङमा रेविज रोगसँग मिल्दो जुल्दो लक्षण देखिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाका विभिन्न वडाहरुमा रेबिज रोगसंग मिल्दो जुल्दो लक्षण देखिएको र पशुपक्षी रोग अन्वेशण प्रयोगशाला पोखरामा नमुना परीक्षण गराउँदा रेविज प्रमाणित भएको भन्दै त्यस्ता लक्षण देखिएमा सम्बन्धीत निकायमा खबर गर्न आग्रह गरेको छ ।

पशुपालक कृषकहरुले आफ्ना घरपालुवा जनावरहरु विरालो, कुकुरमा रेविजको लक्षण देखिएमा नगरपालिकाको पशु साखामा जानकारी गराउन अनुरोध गरेको छ ।

घरपालुवा पशुहरुमा अत्याधिक ¥याल निकाल्ने, मुखमा फिँज आउने, पशुहरुले पशुधनीलाई आक्रमण गर्न खोजेमा, पशुहरु चम्किने, उत्तेजित हुने, विनाकारण दौड्ने र एकोहोरो कराउने गरेमा, अस्वभाविक वस्तुहरु जस्तै लठ्ठी, दिशा, माटो र किलाकाटी आदि खाने गरेमा र घाँस, दाना खान छोडेमा, पानीसंग डराउने जस्ता लक्षण देखिएमा नगरपालिकाको पशुशाखा तथा वडाहरुमा सम्पर्क गर्न आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !