१४ माघ २०८१, सोमबार

कांग्रेसबाट सिन्धुलीकाे सुनकोशी गाउँपालिका अध्यक्षका लागि ३ जनाको दाबेदारी

प्रकाशित मिति :  23 February, 2022 5:09 pm


अनुप आचार्य  । 

सिन्धुली । आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने सरकारको घोषणापछि सुनकोशी गाउँपालिकाको अध्यक्षका लागि कांग्रेसबाट मात्रै ३ जनाले आकांक्षा देखाएका छन् । सुनकोशी गाउँपालिकामा अध्यक्ष पदका लागि कांग्रेसबाट चन्द्र श्रेष्ठ, बोध विक्रम थापा र कपिल कोइरालाले दाबी सुरु गरेका छन् ।

नेपाली काँग्रेस सुनकोशी गाउँपालिका सभापति चन्द्र क्षेष्ठले वैशाखमा हुने स्थानीय चुनावमा आप्mनो उम्मेद्वारी दाबी गर्ने बताएका हुन् । उनी पार्टीले टिकट दिनेमा विश्वस्त देखिएका छन् ।

गाउँपालिकाको शिक्षा,स्वास्थ्य, रोजगार र माटो अनुसारको कृषिमा जोड दिने श्रेष्ठको योजना छ । स्थानीय प्रगतिशील माध्यमिक विद्यालयबाट बाह्र कक्षा उर्तिण गरेर सुनकोशी क्याम्पसमा अध्ययन गर्दै नेपाल विद्यार्थीको संघबाट सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।

उनी सुनकोशी क्यापसको ईकाइ साभापति पनि भएका थिए । श्रेष्ठ २०६८ सालमा नेविसंघ जिल्ला कार्यसमिति सदस्य समेत भएका थिए । साविकको झाँगाझोली रातामाटा गा.वि.स सभापति भएका श्रेष्ठ चौधौ महाधिवेशनमा सर्वसम्मतरुपमा सुनकोशी गाउँपलिका सभापति भएका थिए ।

कपिल कोइरालाले आफूले पार्टीसँग सबै कुरा गरेर सहयोग गर्न आग्रह गरेको बताए । एकपटक आफूलाई अध्यक्षका लागि उमेद्वार बन्न दिए अर्को पटकदेखि दाबी नगर्ने उनको भनाई छ । लुम्बिनी सञ्चारसँग उनले भने,“पार्टीका सबैसँग कुरा गरिसकेको छु । यसपटक दाबी गर्छु अर्को पटक दाबी गर्दिन ।”

कोइरालाले वि.सं. २०३६ सालमा एसएलसी दिएपछि राजनीतिक यात्रा सुरु गरेको उनले बताए । एसएलसी पछि काठमाडौंको पशुपति क्याम्पस पढ्दा नेविसंघको राजनीतिमा उनी सक्रिय थिए । उनले पार्टीका लागि ३८ वर्षदेखि सहयोग गरिरहेको बताउँछन् ।

कोइराला वि.सं. २०४२ सालमा काँग्रेस सिन्धुली जिल्ला कार्य समिति सदस्य भएका थिए । “वि.सं. २०४२ सालमै काठमाडौं गौशलामा सत्याग्रहबाट उठाएर १८ दिन हनुमान ढोकामा थुनिएको हुँ”, उनले भने ।

सिन्धुली जिल्ला सुकुम्बासी आयोगको उपाध्यक्ष पनि भएको कोइरालाले बताए । उनी त्यतिबेलादेखि काँग्रेसको राजनीतिमा अवरतरुपमा लागेको बताउँछन् । २०७३ सालमा भएको स्थानिय चुनावमा उनी गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए ।

गाउँपालिकामा एउटा व्यवस्था मिलाएर सबैको लागि सजिलो बनाएर आफुले छाड्न लागेको उनले भनेका छन् ।

यस्तै, काँग्रेसका अर्का नेता बोध विक्रम थापाले पनि यसपटकको स्थानीय चुनावमा गाउँपालिका अध्यक्षमा दाबी गर्ने बताएका छन् । लामो समयमा काँग्रेसमा राजनीति गरेको अब पार्टीले चुनावमा टिकट दिन सक्ने बताएका छन् ।

निवर्तमान सिन्धुली क्षेत्र नं.२ प्रदेश (प्रदेश क) को सभापति समेत रहेका थापाले गाउँपालिकाको विकास र परिवर्तनको लागि आफ्नो उम्मेद्वारी दाबी गर्ने बताए ।

बोध विक्रम थापाले विद्यार्थी जीवनबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनले सक्रिय राजनीतिको सुरुवात वि.सं. २०५६ सालको चुनावबाट गरेका हुन् । उनी सुनकोशी क्याम्पस नेविसंघ उपसभापति हुँदै सभापति भएका थिए ।
उनी नेपाल ल क्याम्पसको नेविसंघको उपसभापति पनि भएका थिए । जिल्ला कार्यसमिति नेविसंघको उपसभापति र काठमाडौं सिन्धुली नेविसंघ सम्पर्क समितिको उपसभापति पनि भए ।
सिन्धुली काँग्रेसको क्षेत्रिय प्रतिनिधि, क्षेत्रीय सचिव भएर पनि काम गरेका थिए । उनी हाल भएको काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !