१० मंसिर २०८१, सोमबार

युक्रेनमा आपतकाल घोषणा, रुस छाड्न आफ्ना नागरिकलाई अपिल

प्रकाशित मिति :  24 February, 2022 8:46 am


काठमाडौं । युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । युक्रेनको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई रुस भ्रमण नगर्न चेतावनी दिएको छ । रुसमा रहेका युक्रेनका नागरिकलाई तत्काल देश छाड्न मन्त्रालयले अपिल गरेको छ ।

पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो । बिखन्डनकारी क्षेत्रका नेताहरुले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ ।

रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिनले मस्कोको भनाई छ । तर, युक्रेनलगायत पश्चिमेली देशहरुले यसलाई मस्कोको अतिक्रमणको बहाना भएको बताउदै आएका छन् ।

युक्रेनी संसदले बुधबार यूक्रेनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्मा यूक्रेनबाट छुट्टिएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएको भन्दै १० वर्षका लागि रूसी अधिकारीहरूलाई प्रतिबन्ध लगाउन प्रस्ताव पारित गरेको छ ।



प्रतिक्रिया दिनुहोस !