स्याङ्जा सहयोग समाजले स्याङ्जामा न्यानो कपडा वितरण
स्याङ्जा । स्याङ्जा जिल्लामा ,स्याङ्जा सहयोग समाजले न्यानो कपडा वितरण गरेको छ । जिल्ला र जिल्लावासीहरुलाई सहयोग संगै जिबनस्तर उकास्ने उदेश्यका साथ स्थापना भएको स्याङ्जा सहयोग समाजले वालिङ् नगरपालिका २ मा रहेको श्री देउराली आधारभूत बिधालयमा अध्यनरत ४० विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको स्याङ्जा सहयोग समाज साउदी अरबका सस्थापक अध्यक्ष मोहन बि.क. ले जानकारी दिए ।
साउदी अरबको सहयोग र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा न्यानो कपडा वितरण गरिएको उनले बताए ।
वितरण कार्यक्रममा बोल्दै सोही वडाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पोत प्रसाद लम्सालले जिल्ला र जिल्लावासीको हकहितमा खोलिएको समाजको प्रसंशा गर्नुका साथै एक्लै समाज परिवर्तन सम्भव नभएको र समाज परिवर्तनको लागि सबै सहयोग अपरिहार्य रहेको बताउदैँ , यस्तै कार्य गदै अघि बढ्न आग्रह गरेका थिए।
साथै कार्यक्रममा समाजसेवी ,लगायत अन्य संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।