बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्रबैंक
प्रकाशित मिति : 24 February, 2022 12:26 pm
काठमाडौं । नेपाल राष्ट्रबैंकले रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा देखिएको चरम तरलता अभावलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आज फागुन १२ गते (बिहीबार) रु. २० अर्बको रिपो जारी गर्ने भएको हो ।
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले फागुन २६ गते परिपक्व हुने रिपो आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन ्।