भीरकोट नगरपालिकामा बालमैत्री दिवस मनाइदैँ
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका जिल्लाकै पहिलो बालमैत्री नगरपालिका हो।नगरपालिकालाई गत वर्ष फागुन २२ गते विशेष समारोहको आयोजना गरि बालमैत्री स्थानीय तह घोषणा गरिएको थियो।
बालमैत्री नगरपालिका भीरकोटमा यहि फागुन २२ गते बालमैत्री दिवस मनाइने भएको छ। बालमैत्री नगर घोषणा भएको अवसर पारेर विविध शैक्षिक कार्यक्रम र विशेष समारोहको आयोजना गरीमनाइने भएको छ ।
नगर शिक्षा शाखा प्रमुख विष्णु कोइरालाका अनुसार कक्षा ९ र १० का लागि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ भने कक्षा ६ देखि ८ का लागि निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको छ।दुबै कार्यक्रम बालज्योती मा।वि बयरघारीमा फागुन १५ गते संचालन हुनेछ्न्।
यसैगरी फागुन १६ गते कक्षा ४ र ५ को लागि अंग्रेजीमा श्रुतीलेखन र कक्षा १ देखि ३ को लागि नेपालीमा श्रुतीलेखन कार्यक्रम संचालन हुनेछ्न्। यी कार्यक्रमहरू तोकिएका पायक पर्ने विद्यालयहरूमा संचालन हुनेछ्न्।
साथै फागुन १९ गते खुला एकल नृत्य तथा गायन प्रतियोगिता समेत संचालन हुने र फागुन २२ गते भने विशेष कार्यक्रमहरुको आयोजना गरेर उक्त समारोह मनाइने शाखा प्रमुख कोइरालाले जानकारी दिए ।