१० मंसिर २०८१, सोमबार

युक्रेनको राजधानी किभमा शुक्रबार बिहानैदेखि लगातार विस्फोट

प्रकाशित मिति :  25 February, 2022 10:26 am


फाेटाे : सीएनएन

काठमाडौं । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएको सीएनएनले जनाएको छ ।

बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ । युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठूला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको दाबी छ ।

युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर ल्यास्कोले हिजो बिहीबार रुसी आक्रमणमा ५७ युक्रेनी नागरिकको मृत्यु भएको र अन्य १६९ जना घाइते भएको बताएका छन् । ल्यास्कोबाट प्राप्त पछिल्लो जानकारी अनुसार पहिलो दिनको भिडन्तपछि मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो । रुसले गरेको सो आक्रमणका विरुद्धमा रुसी राजधानीमा नै युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा आएका थिए ।



प्रतिक्रिया दिनुहोस !