सगरमाथा इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस सेयर कति ?
प्रकाशित मिति : 25 February, 2022 11:56 am
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको २०७८ फागुन १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
समितिको उक्त प्रस्तावित लाभांश बिमा समितीबाट स्वीकृत गरेपछि आउँदो साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने कम्पनीले बताएको छ ।