१० मंसिर २०८१, सोमबार

कोभिड-१९ उपचार र खोपका लागि विश्व बैंकको थप २ अर्ब १४ करोड रुपैयाँ ऋण

प्रकाशित मिति :  25 February, 2022 12:41 pm


काठमाडौं । विश्व बैंकले कोभिड-१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाका लागि थप१ करोड ८० लाख अमेरिकी डलर ९करिब रु। २ अर्ब १४ करोड० थप सहुलियतपूर्ण ऋण दिने भएको छ । बैंक र नेपाल सरकारबीच यो ऋण लिने सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।

प्रस्तावित ऋण सहायताको उपयोगबाट नेपाल सरकारले लिएको कोभिड(१९ विरुद्धको सर्वब्यापी खोप अभियान विस्तारमा थप सहजता आउने र यस सहायताबाट ५ वर्षभन्दा माथि उमेर समूहका लागि सुरक्षित र प्रभावकारी हुने खोप खरिदका लागि सहयोग पुग्ने बैंकले जनाएको छ ।

ऋण सहयोग सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद(जर्भोसले हस्ताक्षर गरेका छन् ।

प्रस्तावित थप सहुलियतपूर्ण ऋण सहायता र कोभिड(१९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली पूर्वतयारी आयोजना ९सीइआरएएसपी० ले कोभिड(१९ महामारीले निम्त्याएको खतराको पहिचान, रोकथाम तथा प्रतिकार्यका साथै नेपालको जनस्वास्थ्य पूर्वतयारी सम्बन्धी प्रणालीको सुदृढीकरण गर्ने उद्देश्य राखेको जनाइएको छ ।

यो आयोजना तथा अतिरिक्त सहायता(लगानी अन्तर्गतका कार्यक्रमहरूको कार्यान्वयनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा स्वास्थ्य सेवा बिभाग तथा सम्बद्ध संस्थागत निकायहरूद्वारा निरन्तरता दिइने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

“महामारीले सिर्जना गरेको निरन्तर बदलिंदो परिस्थितिहरूमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको छ । १२ वर्षभन्दा माथिका सम्पुर्ण नेपालीहरूका लागि कोभिड-१९ विरूद्धको शुरूवाती चरणको खोपका साथै बुस्टर डोज प्रदान गर्ने क्रममा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ,” अर्थसचिव मरासिनीले भने, “यो दोस्रो अतिरिक्त सहयोग ले सबै नेपालीमा, विशेष गरेर बालबालिकाहरूमा, खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्नेछ ।”

“कोरोनाभाइरसका नयाँ स्वरूपहरूले आम जनमानसको सुरक्षा र जीविकोपार्जनमा समस्या खडा गर्ने मात्र नभई सार्वजनिक स्वास्थ्य प्रणालीलाई उच्च भार सिर्जना समेत गर्ने सम्भावना रहेकोले पनि यो सहकार्य निकै महत्वपूर्ण छ”, माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद(जर्भोसले भने ।



प्रतिक्रिया दिनुहोस !