प्रतिनिधि सभाको बैठक फेरि स्थगित
प्रकाशित मिति : 25 February, 2022 12:37 pm
काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख थियो ।
तर कानुनमन्त्री दिलेन्द्र बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेपछि संसद बैठक १५ गतेसम्मका लागि सरेको हो । एमसीसी पारित गर्न फागुन १६ गतेसम्मका लागि अमेरिकाले समयसीमा दिएको थियो ।
सत्तागठबन्धनबाटै सहयोग नपाउने भएपछि सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नेकपा एमालेसँग समेत लगातार छलफल गरिरहेको छ । एमाले अध्यक्ष ओली केपी शर्मा ओली पोखरा गएका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा उभिने भएपछि एमसीसी पारित हुन गाह्रो देखिएको छ । सरकारले थप छलफलको समय मागेपछि संसद बैठक स्थगित भएको हो ।