१२ मंसिर २०८१, बुधबार

स्याङ्जाको फेदीखोला गाउँपालिकाले मकै बिक्री गर्दै

प्रकाशित मिति :  25 February, 2022 2:26 pm


स्याङजा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले १५ टन मकैको बीउ बिक्रि गर्ने भएको छ । फेदीखोला गाउँपालिका मकैैको बीउ उत्पादनमा यो आर्थिक वर्षबाट गण्डकी प्रदेशमै पहिलो गाउँपालिका हो ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीकाका अनुसार फेदीखोलाको वाड न ४ आरुखर्क जैसिडाँडामा ५०० रोपनी जग्गामा मनकामना ५ जातको मकैको खेती गरिएको छ।३०० जना कृषकहरूले उत्पादन गरेको मकैको बीउको बिक्री वितरणको लागि समेत नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गरेको छ।

उक्त बीउ स्याङ्जाका अन्य पालिका र अन्य जिल्लाहरुमा बिक्रि गरिने जैसीडाँडा मकै उत्पादन समूहका सचिव कल्पना पौडेलले जानकारी दिइन् । उनले भनिन गाउँपालिकाले बीउ उत्पादनका लागि आवश्यक पर्ने कृषि सामाग्री, औजार र आर्थिक सहयोग गरेको छ।

महिला कृषकहरूको समूह भएकाले बीउ उत्पादन कार्यक्रमले महिलाहरूको जीवन स्तरमा समेत सुधार भएको र बीउ बिक्रिबाट वार्षिक रू ५० हजार भन्दा बढी आम्दानी भएको उनले बताइन ।

साथै मकैको बीउको प्याकेजिङको काम भैरहेको र अहिले सम्म १५ टन प्याकिङ भैसकेको बताउदैँ पालिकाले गत वर्ष ३० लाख र यो वर्ष १० लाख सहयोग गरेको जानकारी दिइन् ।

कृषि शाखा प्रमुख शिशिर पण्डितकाले पालिकाले यो वर्षदेखी वडा नं ३ को भाटखोला क्षेत्रको करिब १७० रोपनी जग्गामा मनकामना ५ जातको मकैको बीउ उत्पादन गर्न लागेको र सहयात्रा कृषि सहकारीसँगको सहकार्यमा गरिने यो मकै उत्पादन पकेट क्षेत्रको लागि पालिकाले २५ लाख रुपैयाँ छुट्याएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !