७ आश्विन २०८१, सोमबार

रुसी सेना युक्रेनको राजधानी प्रवेश

प्रकाशित मिति :  25 February, 2022 3:27 pm


काठमाडौं । आक्रमण सुरु गरेको दोस्रो दिनमै रुसी सेना युक्रेनको राजधानी किएभमा प्रवेश गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन्।

आक्रमणको दोस्रो दिन राजधान किएभमा लगातार गोलीबारीको आवाज सुनिइरहेको र रुसी सेना राजधानीमा प्रवेश गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । युक्रेनको रक्षा मन्त्रालयले ट्वीट गर्दै रुसी सेना राजधानी किएभमा प्रवेश गरेको पुष्टि गरेको छ ।

मन्त्रालयले दुश्मन संसद भवनबाट जम्मा ९ किलोमटिर मात्रै टाढा रहेको भन्दै पेट्रोल बमले जवाफी कारबाही फर्काउन आग्रह गरेको छ । सामाजिक सञ्जालहरू रुसी ट्याङ्क ओबोलोनमा परिचालन भएको देखिएको छ । यो क्षेत्र राजधानी किएभ नजिकैको क्षेत्र हो ।

युक्रेनले हिजो बिहानदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । आक्रमणपछि रुसी सैनिक लगातार युक्रेनमा प्रवेश गरिरहेको छ । युक्रेनका अधिकारीले रुसी सेना किएभमा प्रवेश गरिसकेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !