१२ मंसिर २०८१, बुधबार

चापाकोट नगरपालिकामा धमाधम सडक शिलन्यास

प्रकाशित मिति :  25 February, 2022 3:32 pm


स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले यतिबेला विकासका कार्यलाई तिव्र गतिमा अघि बढाएको छ । चापाकोट नगरपालिका भित्रका कच्ची र खाल्डा भएका सडकलाई पक्की बनाउने अभियानमा नगर लागेको छ ।

चापाकोट नगरपालिकाको केन्द्र सम्म आउन र जान सबै वडावासीलाई सहज बनाउने उदेश्यले पक्की सडक सगँ जोड्ने क्रम बढ्न थालेको नगर प्रमुख शिवकुमार गिरीले बताए ।

नागरिकले उत्पादन गरेको बस्तु सहज रुपमा ओसार पसार गर्न सडक एक महत्वपूर्ण अंग भएकाले नगरपालिकाले पक्की सडक बनाउन जोड दिएको उनले बताए ।

त्यसैगरि अहिलेसम्म चापाकोट नगरभित्र झण्डै १० किलोमिटर पक्की सडक बनिसकेको र असार मसान्तभित्र सकिने गरी निर्माण हुन लागेको १५ सय मिटर पक्की सडकको शिलन्यास गरेको र २ करोड ७६ लाखमा उक्त सडक निर्माण हुन लागेको नगर प्रमुख गिरीले बताए ।

साथै यसबाट चापाकोटका जनता मात्रै नभई हरिनास र बिरुवा गाँउपालिकाका जनता पनि लाभान्वित हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !