धादिङको खानियावासमा ढाका बुनाइ सिप विकास तालिम
प्रकाशित मिति : 27 February, 2022 11:55 am
काठमाडौं । खानियावास गाउँपालिकाकाको आयोजनामा धादिङको खानियावासमा ढाका बुनाइ सिप विकास तालिम सुरू भएको छ ।
कार्यक्रमको सहजीकरण गैह्र सरकारी संस्था सोपान नेपालको सहजीकरणमा सुरु भएको तालिम पालिकाका विपन्न महिलाको जीवनस्तर उकास्ने उद्देश्यले आयोजना गरिएको सोपान नेपाल धादिङका कार्यक्रम संयोजक अस्मिन अधिकारी बताए ।
तालिममा खानियावास गाउँपालिकाको पाँच वडा कार्यालय बाट छनोट भएका दश महिला सहभागी छन् । माघ अन्तिम साताबाट सुरु भएको तालिमको अवधि एक महिनाको हुनेछ।
तालिम बाट ढाका बुनाइ मार्फत सहभागीहरुमा उधमशीलता विकास भइ स्वरोजगारी सिर्जना हुने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्क्ष योमाया तामाङले बताइन् ।