भीरकोट नगरपालिकामा हाटबजार पुन:सञ्चालनमा
स्याङ्जा । कोरोना भाइरसको महामारीका कारण स्याङ्जाको भीरकोट नगरपालिकामा बन्द भएको साप्ताहिक हाटबजार पुन : सन्चालनमा आएको छ । भीरकोट नगरपालिका र भीरकोट उद्योग वाणिज्य संघको आयोजनामा भीरकोट १ मा साप्ताहिक हाटबजार पुनः सन्चालनमा आएको हो ।
भीरकोट नगरप्रमुख छायाराम खनालले आफैँले उत्पादन गरेको २२ किलो मुला बिक्री गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख खनालले कृषिलाई आधुनिकीकरण र यान्त्रिकिकरण गर्न नगरले ५० प्रतिशत अनुदानमा १०० वटा हाते ट्रयाक्टर वितरण गरेको सन्दर्भलाई जोडेर उनले कृषकहरूलाई हाते ट्रयाक्टर प्रयोग वापद प्रती घण्टा रू ६०० भन्दा बढी नलिन आग्रह गर्दै , नगरपालिकाले दुई वटा सटर कोशेली घरको रुपमा निशुल्क दिने भएकाले व्यवसाय गर्न चाहने कृषक, सहकारी वा समुहलाई सम्पर्कमा आउन समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाले किसानको श्रम र उत्पादनको उचित मूल्य दिन नगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा साप्ताहिक हाटबजार पुन :संचालनमा ल्याएको बताएका थिए ।