१२ मंसिर २०८१, बुधबार

स्याङ्जाको गल्याङ नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्र

प्रकाशित मिति :  27 February, 2022 1:01 pm


स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्र भएको छ । गल्याङ जेसिजको आयोजना र लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पाको प्राबिधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा बोल्दै कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष महेश प्रसाद भट्टराईले गल्याङ जेसिजले समाज रहेका हरेक समुदाय सँग सहकार्य गर्दै सामाजिक कार्यमा अग्रसर भएकोमा धन्यवाद दिएका छन् ।

रक्तदान कार्यक्रममा ३६ जनाबाट ३६ युनिट रगत सङ्कल गरिएको हो । कार्यक्रममा गल्याङ जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि बिष्णु अधिकारी ,गल्याङ जेसिज बर्ष २०२२ को महासचिव प्रतिमा भट्टराई लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !