१२ मंसिर २०८१, बुधबार

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको नारावाजी कायमै

प्रकाशित मिति :  27 February, 2022 3:21 pm


काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेका हुन् ।

पेस भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सैद्धान्तिक छलफल सुरू भएको छ। बोल्न चाहाने प्रत्येक सांसदलाई पाँच मिनेट दिइएको छ।
सभामुखले बैठक सुरु गरेसँगै एमालेका सांसदहरुले नारावाजी सुरु गरेका छन् ।

गत फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद पटक(पटक गरेर आजसम्म स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !