गल्याङ नगरपालिकामा कोरोना भाइरसबाट मृत्यु भएको परिवारलाई राहत उपल्बध
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोना भाइरसबाट निधन भएको पविारलाई राहत रकम उपलब्ध गराएको छ । कोरोना भाइरसका कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको हो ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट निधन भएका परिवारलाई राहत स्वरुप गल्याङ नगरपालिकाले नगद रकम उपलब्ध गराएको हो ।
गल्याङ नगरपालिका, नगर कार्यपालिका बैठकको निर्णय अनुसार राहत रकम उपलब्ध गराइएको नगरप्रमुख भुपराज अधिकारीका अनुसार कोरोना भाइरसका कारण निधन भएका परिवारलाई थोरै भएपनि क्रिया खर्च वापतको रकम उपलब्ध गराएको र २०७८ असार २३ गते देखि पुस ४ सम्म कोरोना भाइरसबाट निधन भएका ५३ जनाका परिवारलाई २५ हजारका दरले रकम उपलब्ध गराउँदा १३ लाख २५ हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन् ।
अधिकारीले अस्पतालको रिपोर्ट तथा वडा कार्यालयको सिफारिसका आधारमा रकम उपलब्ध गराइएको जानकारी दिए ।