नेकपा एमाले स्याङ्जाको चुनाव केन्द्रित पहिलो बैठक सम्पन्न
काठमाडौं । स्याङ्जा जिल्लाको नेकपा एमाले जिल्ला कमिटीको स्थानीय तहको चुनावमा केन्द्रित पहिलो बैठक सम्पन्न भएको छ । आइतबार स्याङ्जामा बसेको बैठकमा एमाले केन्द्रिय उपमहासचिव तथा पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय निर्वाचनमा केन्दित हुन कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
उक्त बैठकमा केन्द्रिय सचिव तथा पुर्व मन्त्री पदमा अर्याल, पार्टीका केन्द्रिय स्थायी कमिटी सदस्य सब संगठन विभाग प्रमुख खगराज अधिकारी, केन्द्रीय पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय पोलिटब्युरो सदस्य मायानाथ अधिकारी, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, जिल्ला इन्चार्ज सीता सुवेदी लगायत जिल्ला कमिटिको बैठकले कार्ययोजना निर्माण गरेको छ ।
कार्यकर्ताहरु पार्टीका राम्रा कामहरु लिएर जनतामाँझ पुग्नुपर्ने भन्दै जनताको साथ र सहयोग पार्टीलाई रहने पूर्वमन्त्री पदमा अर्यालले बताइन् । बैठकले कार्ययोजना समेत निर्माण गरेको छ । त्यस्तै बैठकले जिम्मेवारी विभाजन मनोनयन तथा आगामी कार्ययोजना निर्माण गरेको छ ।
जिल्लाका ११ वटै पालिकामा बैठक र भेलालाई तिव्रता दिने समेत निर्णय गरेको पार्टी जिल्ला सचिव राजेन्द्र डुम्रेले जानकारी दिए ।