स्याङ्जाको वालिङमा कुपोषणको निशुल्क उपचार सुरु
प्रकाशित मिति : 28 February, 2022 1:11 pm
स्याङ्जा । स्याङ्जाको वालिङमा कुपोषणको निशुल्क बहिरंग सेवा उपचार सेवा शुरु भएको छ ।
वालिङ नगरपालिकामा आइतवार एक कार्यक्रम गर्दै नगरप्रमुख दिलिप प्रताप खाँडले अब कुपोषणको उपचार गर्न कुनै शुल्क नलाग्ने भन्दै निशुल्क उपचार शुरु भएको बताए ।
उनले बाल्यकालिन कुपोषण (सुकेनास र फुकेनास) को निशुल्क बाहिरंग उपचार सेवाको लागि वालिङ नगरपालिका स्थित गह्रौ प्रथामिक अस्पतालमा सम्पर्क गरि आफ्ना बाबु नानीहरुलाई कुपोषणको शिकार हुनबाट बचाउन आग्रह गरेका थिए ।
नगरप्रमुख खाँडले केही समय अघि वालिङमा रहेको गह्रौ प्रथामिक अस्पतालमै कोरोना संक्रमितलाई निशुल्क खाना र निशुल्क उपचार गर्ने निर्णय गरेको थिए ।