आज शिवरात्रि, शिवालयहरुमा दर्शनार्थीको घुँइचो बढ्दै
काठमाडौं । शिवरात्रिको अवसरमा देशभरका शिवालयमा दर्शनार्थीको भीड बढ्न थालेको ।
हिन्दू धर्मप्रति आस्था राख्नेहरुले गत रातीदेखि नै पशुपतिनाथमा लाइन बसेका छन् भने देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड बढ्न थालेको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा अवस्थित गोकर्णेश्वर महादेवको मन्दिर, खोटाङको हलेसी–तुवाचुङ नगरपालिकास्थित हलेसी महादेव मन्दिर, रसुवाको गोसाईकुण्ड, ललितपुरको कुम्भेश्वर महादेव मन्दिर, भक्तपुरको डोलेश्वर महादेव मन्दिर, ललितपुरको गोदावरी नगरपालिकास्थित सन्तानेश्वर महादेवको मन्दिर, भक्तपुर जिल्लामा अवस्थित आशापुरेश्वर महादेव मुलुकमा मुख्य महादेव मन्दिर हुन्।
त्यसैगरी रामेछाप, काभ्रे र सिन्धुली जिल्लाको संगमस्थल दुम्जा फाँट परिसरमा अवस्थित कुशेश्वर महादेवको मन्दिर, म्याग्दी जिल्लाको धनानस्थित गलेश्वर महादेवको मन्दिर लगायत देशभरका अन्य शिवालयहरू पनि आजको दिन भक्तजनहरूको घुँइचो लाग्ने गरेको छ।