१६ माघ २०८१, बुधबार

स्याङ्जामा मतदाता परिचयपत्र हराएकाले २० गतेसम्म बनाउन सक्ने

प्रकाशित मिति :  1 March, 2022 12:44 pm


स्याङ्जा । स्थानीय तहको निर्वाचलाई लक्षित गर्दै जिल्ला निवार्चन कार्यलय स्याङ्जाले मतदात परिचयपत्र हराएका वा मतदाता नामवलीमा नाम नभएकालाई परिचयपत्र फागुन २० बनाउन सक्ने भएका छन् ।

निर्वाचन अधिकृत गुरुप्रसाद मरासिनीका अनुसार परिचयपत्र हराएमा ,च्यातिएमा वा नष्ट भएमा कार्यालय आएर निवेदन दिन सक्ने र कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर आवश्यक पर्ने छ ।

मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि संगै लिएर आउन र जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकाका सबै मतदातालाई जानकारीका लागि सूचना सार्वजनिक गरेको मरासिनीले बताए ।

कार्यालयका अनुसार आर्थिक वर्ष सुरुदेखि माघ २४ गतेसम्म स्याङ्जामा १८ हजार नयाँ मतदाता थपिएका छन ।पछिल्लो मतदाता नामावली अनुसार स्याङ्जामा अनुमानित २ लाख ४२ हजार १२२ मतदाता रहेको कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !