७ आश्विन २०८१, सोमबार

‘आजको युक्रेन भोलिको अफगानिस्तान हो’

प्रकाशित मिति :  1 March, 2022 3:23 pm


काठमाडौं । इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले युक्रेन अमेरिकाले सिर्जना गरेको संकटको शिकार भएको बताएका छन् ।

उनले युक्रेनमा युद्ध अन्त्य गर्न इरानको समर्थन रहेको बताए । तर, यो सङ्घर्षको जरा सबैले स्वीकार गर्नुपर्ने पनि उनले    बताए । खामेनीले टेलिभिजन भाषणका क्रममा खामेनीले युक्रेनको संकटले अमेरिकालाई विश्वास गर्न नसकिने देखाएको बताए ।

आणविक सम्झौतालाई लिएर अमेरिका र इरानबीच लामो समयदेखि तनाव जारी छ । युक्रेन संकटबारे खामेनीले भने, युक्रेनलाई अहिले अमेरिकाले तानेको छ । युक्रेनको आन्तरिक मामिलामा हस्तक्षेप गरेर, त्यहाँ रंगमा आधारित क्रान्ति सृजना गरेर, एउटा सरकारलाई ढालेर अर्कोलाई सत्तामा ल्याएर अमेरिकाले युक्रेनलाई यो अवस्थामा राखेको छ । उनले युक्रेनको अवस्थाबाट महत्त्वपूर्ण पाठ सिक्नुपर्ने बताए ।

खामेनीले भने ,“आजको युक्रेन भोलिको अफगानिस्तान हो ।” दुवै देशका राष्ट्रपतिहरूले अमेरिका र पश्चिमलाई भर गरेको तर पछि एक्लै छोडिएको बताएका बीबीसीले उल्लेख गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !