शहीदको अपमान गर्नेलाई मतियारको रुपमा लिनु पर्छ : भुसाल
अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्कुलिङ्ग विभाग प्रमुख भेषराज भुसालले शहीदको अपमान गर्नेलाई हत्याराको मतियारको रुपमा लिनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको जनक्रान्तिका महान् सहिद एब राज्यद्धारा बेपत्ता योद्धा परिवारहरुको सम्मान कार्यक्रमलाई सम्वोधन गदै नेता भुसालले शहीदलाई राज्यले सम्मान गर्न नसकेको बताए ।
उनले जनयुद्धमा सहिदको बलिदानले गर्दा आज आरुखोलामा पढाउने प्रचण्ड नेपालको प्रधानमन्त्री र रोल्पामा सामान्य स्कुलमा पठाउने कृष्ण बहादुर महरा सभामुख, गोरखामा सामान्य परिवारमा जन्मिएका बाबुराम भट्टाराई मुलुकको प्रधानमन्त्री र अर्घाखाँचीको अर्घामा जन्मिएका टोपबहादुर रायमाझी सहिदहरुको बलिदानीले उप्रप्रधानमन्त्री भए पनि शहीदको सम्मान गर्न नसकेको आरोप लगाए ।
यी नेतालाई हत्याराको मतियारको रुपमा चिन्नुपर्ने बताए । उनले आफ्नो पार्टी र आफु एक मुठी शासन रहेसम्म शहीदको सपना साकार पार्नको लागि निरन्तर रुपमा लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची कपिलवस्तु इन्चार्ज पदम केसीले जनताको आन्दोलनले जितेमा शहीदको सम्मान हुने बताउदै यसका लागि आफुहरू निरन्तर रुपमा सघर्ष गरेको बताए ।