विप्लव र श्रेष्ठबीच भेटघाट,ध्रुवीकरणबारे छलफल
प्रकाशित मिति : 2 March, 2022 11:59 am
काठमाडौं । एमसीसी पारित भएपछि असन्तुष्ट बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
श्रेष्ठलाई भेट्न विप्लव आज बिहान श्रेष्ठ निवास हात्तीवन ललितपुर पुगेका थिए । एमसीसी पारित भएपछि सार्वजनिक रुपमै असन्तुष्टि पोखेका श्रेष्ठले पार्टी विभाजनको. तयारी गरेको समेत आरोप लाग्ने गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र अन्य दल मिलेर आन्दोलन गर्दै आइरहेका छन् । भेटमा एमसीसीका साथै कम्युनिष्ट क्रान्तिकारी ध्रुवीकरण र नेपालमा भएको पछिल्लो राजनितिक संकट बिषयमा समसामयिक छलफल भएको महासचिव विप्लवको सचिवालयले जनाएको छ ।