४ आश्विन २०८१, शुक्रबार

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

प्रकाशित मिति :  11 March, 2020 10:35 am


Gokul Prasad Baskota, Minister of Information and Communications. Photo: Balkrishna Thapa/ THT

काठमाडौं, २८ फागुन । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ।

भक्तपुरको लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा बिहान ७ बजेर ४५ मिनेटमा उक्त विष्फोट भएको प्रहरीले जनाएको छ। विस्फोटबाट बाँस्कोटाको निर्माणाधिन तीनतले घरको पर्खालको एउटा भाग भत्किएको छ।  बमले घरको बाहिर भित्तामा सामान्य क्षति पुगेको छ।

बाँस्कोटाको पुरानो एक तले घर तीन तले बनाउने काम भइरहेको छ। निर्माणाधीन घरमा बाँस्कोटा अहिले बस्दैनन्। मन्त्री भएदेखि नै उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन्।

विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेऊमा रोकेर राखिएको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको भक्तपुर   प्रहरीले जनाएको छ।
कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले   जनाएको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड  रूपैयाँ कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथी सरकारले प्रतिबन्ध लगाएको एक वर्ष पुगेकै दिन बाँस्कोटाको घरमा बम बिस्फोट भएको हो ।



प्रतिक्रिया दिनुहोस !