१२ मंसिर २०८१, बुधबार

अधुरा योजनाका लागि समपूरक बजेट

प्रकाशित मिति :  3 March, 2022 12:13 pm


काठमाडौं । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहबाट कार्यान्वयन भइरहेका अधुरा योजनाका लागि समपूरक योजनाअनुरुप रु चार करोड ६८ लाख ४५ हजार भुक्तानी दिने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलब्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले जानकारी दिए ।

साथै बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड २०७८ पारित गरी कार्यविधिसमेत बनाएको जनाएको छ ।

सबै मन्त्रालयमा खर्चमा एकरुपता होस् र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको प्रवक्ता खनालले बताए । त्यसैगरी बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !