३ आश्विन २०८१, बिहिबार

बम विस्फोट भएको पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा विप्लव नेकपाको पर्चा भेटियो

प्रकाशित मिति :  11 March, 2020 11:07 am


काठमाडौं, २८ फागुन । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोटपछि विप्लव नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टीको पर्चा भेटिएको छ ।

भक्तपुरको लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा बिहान  विष्फोट भएको थियो ।  विस्फोटबाट बाँस्कोटाको निर्माणाधिन तीनतले घरको पर्खालको एउटा भाग भत्किएको छ।  बमले घरको बाहिर भित्तामा सामान्य क्षति पुगेको छ।

घटनास्थलमा भेटिएको पर्चामा प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गर्दागर्दै विवादमा परेर राजीनामा दिन बाध्य पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटामाथि भ्रष्टाचारी घोषणा गर्दै कारबाही गरेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !