अखिल नेपाल महिला संघ चापाकोट नगर कमिटीको अध्यक्षमा मिरा अर्याल चयन
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा अखिल नेपाल महिला संघ नगर कमिटीको पाचौँ नगर सम्मेलनमा मिरा अर्याल अध्यक्षमा चयन भएकी छन् ।अर्यालको अध्यक्षातामा ५१ जना सदस्य कमिटि गठन गरेको हो ।
साथै कमिटीको उपाध्यक्षमा सृष्टि मल्ल , सचिवमा कल्पना भण्डारी , उपसचिवमा चिनुमाया श्रेष्ठ ,सरस्वती पौडेल र कोषाध्यक्षमा मायादेवि भण्डारी चयन भएका थिए ।
कार्यक्रममा नेकपा एमालेकी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एमाले जिल्ला इन्चार्ज सीता सुन्दास, सह इन्चार्ज सीमा क्षेत्री, एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, जिल्ला अध्यक्ष सुर्य प्रसाद गैरे (पारस) लगायतको उपस्थिति रहेको थियो ।
साथै कार्यक्रममा बोल्दै अर्यालले अब देशमा महिलाको नेतृत्वको आवशयक रहेको र ,हरेक क्षेत्रमा महिलाको हितमा कार्यक्रमहरु लिएर आउन जरुरी रहेको बताएकी छन् ।