रुस-युक्रेन युद्धले कच्चा तेलको मूल्य प्रतिब्यारेल ११९ डलर पुग्यो
काठमाडौं । रुसले युक्रेनमाथिको आक्रमणलाई तीव्रता दिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रुपमा बढ्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११९ डलरसम्म पुगेको छ। जुन हिजोको तुलनामा ३.५ प्रतिशतको बढी हो।
ट्रेन्डिङ इकोनोमीले सार्वजनिक गरेको बिहीबारको विवरणअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिव्यारेल ११९ डलर पुगेको छ । जुन पछिल्लो ११ वर्ष यताकै उच्च हो ।
तेलको मूल्य बढ्दा नेपालले आयात गर्ने समग्र पेट्रोलियम पदार्थको मूल्य बढ्ने र नेपालको अर्थतन्त्रलाई नै ठूलो असर पुग्छ । बिहीबारको कच्चा तेलको मूल्य सन् १ फेब्रुअरी २०१२ को मूल्य भन्दा केही सेन्टले कम हो ।
विश्वमा धेरै तेल निर्यात गर्ने मुलुकमा रुस तेस्रो स्थानमा पर्छ। धेरै ग्यास निर्यात गर्ने देशमा भने रुस दोस्रो स्थानमा छ। विश्वमा १० प्रतिशत तेलको आपूर्ति रुसले नै धानिरहेको छ। एजेन्सी