२ कार्तिक २०८१, शुक्रबार

बाँस्कोटाको घरमा बम बिस्फोट गराउने आतंककारी हुन् : प्रचण्ड

प्रकाशित मिति :  11 March, 2020 2:24 pm


काठमाडौं, २८ फागुन ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा विस्फोट गराउने अातङ्ककारी भएको टिप्पणी गर्दै घटनाको भर्त्सना गरेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार बिहान एक विज्ञप्ती जारी गर्दै बाँस्कोटाको निजी निवासमा भएको बम विस्फोटको भर्त्सना गरेका हुन् ।
प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा आतंककारी समूहले बम प्रहार गरेर बाँस्कोटाको निजी निवासमा क्षति पुर्‍याइएको भन्दै निन्दा गरिएको छ । प्रचण्डले घटनामा संलग्न ‘अपराधी’लाई तत्काल नियन्त्रणमा लिइ आवश्यक कानूनानुसार कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !