स्याङ्जाको भीरकोट नगरपालिकामा खेलमैदान तयार
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा खेलमैदान तयार भएको छ ।
२०७७ साल ११ महिना १३ गते गण्डकी प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयबाट ३२ लाख २२ हजार लागतमा सुरु भएको खेलकुद मैदानको निमार्ण एक वर्षमा सकिएको हो ।
भीरकोट खेलमैदान निर्माण समितिका अध्यक्ष गोविन्द कर्मचार्यका अनुसार २०७८ सालको जेठ ३० गते नै सक्ने लक्ष्य राखिएपनि केही ढिलो भएको हो ।
उनले खेलमैदान निर्माणको लागि करिब १ लाख रुपैयाँ बराबरको माटो ओसार पसार गर्ने र सम्मायउन व्यक्तिगत खर्चमा गरेको र मैदानको लम्बाइ ६० मिटरको रहेको जानकारी दिए । उनले थपे , “उक्त खेलमैदानमा विभिन्र खेलहरु भलिबल, फुटबल,क्रिकेट, व्याडमिन्टन जस्ता खेलहरू खेल्न सकिने र यस खेलमैदान निर्माणको काम आफ्नो नेत्तृत्वमा सम्पन्र गर्न पाएको खुशी रहेको बताए ।”
साथै खेल मैदान निर्माण गर्नको लागि नगरपालिकाले मुख्य भुमिका निभाएको र सबै राजनीतिक दल, समाजसेवी, र सबै खेलप्रेमीहरुको सल्लाह र सहमतिमा बनाएको र बेला बेलामा आएर निरीक्षण गरेको हुँदा निर्माण कार्यमा खासै समस्याहरु झेल्न नपरेको उनको भनाई थियो ।